२०८२ जेठ ३२ शनिवार

राशिफल

दाङमा कटुवा पेस्तोलसहित १ युवक प्रहरी नियन्त्रणमा

काठमाडौं  : प्रहरीले एक थान कटुवा पेस्तोलसहित युवकलाई पक्राउ गरेको छ ।

भारत घर बताउने १९ वर्षीय सोमु बिकलाई कम्मरमा कटुवा पेस्तोल लुकाइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । उनलाई लमही नगरपालिका ३ माझगाउँस्थित प्रतिक्षालयबाट हिजो बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

आरोपितमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।