२०८२ जेठ २२ बुधबार

राशिफल

मध्यपुरथिमीमा किन हटाइदैें चुनावी प्रचारका सामाग्री ?

काठमाडौं : मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचार संहिता विपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ ।

नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको जनाएको छ ।

विशेषगरी ठूला दलले आचारसंहिताविपरीत प्रचार सामग्री राख्ने गरेकाले सम्बन्धित पार्टीलाई त्यस्ता सामग्री हटाउन भनिएको र अटेर गरेकोले सुरक्षाकर्मीको टोलीद्वारा हटाउन थालिएको निर्वाचन अधिकृत मैया कँडेलले जानकारी दिइन् ।

उनका अनुसार नगरका विभिन्न क्षेत्रमा पार्टीको झण्डा, चुनाव चिह्न, फ्लेक्स, गाडीमा राखिएका झण्डा, ब्याचजस्ता प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाउने काम भइरहेको छ।

हामीले दैनिक अनुगमन गर्ने गरेका छौँ, बजार र भित्री गल्लीमा निर्वाचन आचारसंहिताविपरीत प्रचार सामग्री राखिएको पाइएको छ, त्यस्तो अवस्थामा तत्कालै दलका नेतालाई जानकारी गराउँदै हटाउने काम गरेका छौँ’, कँडेलले भनिन् ।

यसैबीच निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उम्मेदवारको सबै विवरण तयार पारिएको, मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको र अब केही दिनमै कर्मचारीलाई मतदानस्थलमा खटाइने कार्यालयले जनाएको छ।

साथै, मध्यपुरथिमि नगरक्षेत्रभित्र रहेका मतदान केन्द्रमध्ये केही अत्यन्तै साँघुरो स्थानमा रहेका, केही बाटोमै रहेकाले त्यस्ता संवेदनशिल निर्वाचन केन्द्रको अनुगमन एवं सुरक्षाको व्यवस्था मजबुद बनाउने गरी तयारी गरिएको जनाइएको छ।

स्थानीय तहपछिका निर्वाचनमा केही मतदान केन्द्र ठाउँ सार्नुपर्ने अवस्था रहेकाले परिमार्जन गर्नुपर्ने देखिएको कँडेलले बताइन् । उनले आउँदो ३० गते आम मतदातालाई सुरक्षित, शान्त र सहजरूपमा मतदान गर्ने व्यवस्था गरिएको जानकारी दिइन् ।