२०८२ जेठ २२ बुधबार

राशिफल

अब सुदुरपश्चिम प्रदेशमा पनि केबलकार

काठमाडौं : सुदुरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ । जलपादेवी केबलकार प्रालिले कैलाली जिल्लाको लम्किचुहा नगरपालिका १३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवलकार बनाउन लागेको हो ।

कम्पनीले सुदरपश्चिम प्रदेशकै पहिलो केबलकार परियोजनाका रुपमा रहेको यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम पुरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ ।

माथिल्लो स्टेसनबाट २५० मिटरको दूरीमा जालपादेवी मन्दिर रहेका कारण यो भेगमा पर्यटकीय सम्भावना रहेको भनदै आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जालपादेवी मन्दिर, कालभैरव मन्दिर, कालिका देवी मन्दिर, कैलाशधाम तिर्थस्थल, हात्तिढुंगालगायत क्षेत्र यस आयोजनाको आसपास छन् ।

आयोजनाले गरेको प्रस्ताव अनुसार केबलकारको लम्बाई ३.१ किलोमिटर हुने छ । कुल ३४ वटा बक्स रहने यस केबलकारको एक बक्समा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्ने गरी प्रस्ताव गरिएको छ ।

केबलकारले प्रतिदिन ६ हजार मानिसलाई ओसार्न सक्ने छ । केबलकारको गति ६ मिटर प्रतिसेकेण्ड रहने गरी प्रस्ताव गरिएको छ । तल्लो स्टेशनबाट माथिल्लो स्टेसन पुग्ने अधिकतम १० मिनेट समय लाग्ने छ ।