काठमाडौं : सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
दुहबी नगरपालिका ९ को छाताबेली चोकमा स्थानीय तह निर्वाचनको प्रचार प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए ।
उनका अनुसार शुक्रबार चुनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस वडा अध्यक्ष उम्मेदवार मेहदी हुसेनको घर आसपास एमाले उम्मेदवार ताबिज हुसेनसहितले ठूलो आवाजमा डिजे गीत बजाएको भन्दै विवाद सुरु भएको थियो । विवादपछि आक्रोशित भिडले साउण्ड सिस्टमा राखिएको गाडीमा तोडफोडपछि झडप भएको थियो।
झडपछि घटनास्थलमा भेला भएको भिडलाई प्रहरीले नियन्त्रणमा लिएको र सुरक्षा व्यवस्था कडा बनाएको सुनसरीका प्रहरी प्रमुख थापाले बताए ।
तपाइँको प्रतिक्रीया