२०८२ जेठ २१ मङ्गलबार

राशिफल

२४ घण्टामा थप १५ जनामा कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५३ जनामा गरिएको नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् , भने नेपालमा हाल २१५ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४ हजार ६२१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।