२०८२ जेठ २१ मङ्गलबार

राशिफल

पाँच दलीय गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली छ – चित्रबहादुर केसी

काठमाण्डौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै केसीले प्रतिगमनलाई परास्त गर्न वामपन्थी–प्रजातान्त्रिक गठबन्धन बनेको बताए ।

पाँच दलका बीच थुप्रै बेमेल रहे पनि प्रतिगमनविरुद्ध आफूहरु एक ठाउँमा उभिएको उनले प्रस्ट पारे ।