बर्लिन : विश्वका प्रमुख सात देशका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन्।
अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल गर्ने बताइएको छ।
जर्मन सरकारका प्रवक्ता क्रिश्चियन होफमानले आगामी आइतबार उनीहरूबीच छलफल हुने जानकारी दिए। अहिले जी ७ को अध्यक्षसमेत रहेको जर्मनीले नै बैठकको संयोजन गरेको समाचारमा जनाइएको छ।
दोस्रो विश्वयुद्ध अन्त्य भएको ऐतिहासिक दिनको रुपमा लिइने मे ८ कै दिन यसपटकको बैठक हुन लागेको जनाइएको छ।
बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल गरी मुख्य छलफल युक्रेन सङ्कटमा केन्द्रीत हुने अधिकारीहरूले जनाएका छन्।
तपाइँको प्रतिक्रीया