काठमाण्डौ : नेपालले आज जिम्बाब्वे ‘ए’ टोलीसँग दोस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
हिजो भएको पहिलो एक दिवसीयमा नेपाल जिम्बाब्वे ‘ए’सँग ३ विकेटले पराजित भएको थियो । जिम्बाब्वेले आज पनि जितेमा तीन एक दिवसीयको श्रृङ्खला जित्नेछ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय र तीन टी–२० श्रृङ्खला खेलेको हो ।
तपाइँको प्रतिक्रीया