२०८२ असार ७ शनिवार

राशिफल

झापामा दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुला प्रहरी नियन्त्रणमा

काठमाडौं  :  झापामा दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा मेचिनगर नगरपालिका १५ बस्ने पुष्पलाल राजबंशीको छोरीको विवाहमा बेहुला डेविट चौधरीले दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गरेपछि हिजो शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

बेहुलीका बुवाले बेहुलालाई विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा जाहेरी दिएपछि चौधरीलाई नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ ।