२०८२ जेठ २१ मङ्गलबार

राशिफल

एक दिवसीय क्रिकेटमा जिम्बाब्वे ‘ए’ ले ८८ रनको लक्ष्य प्रस्तुत

काठमाण्डौ :  नेपालसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जिम्बाब्वे ‘ए’ ले ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्वे ‘ए’ टोली ३१ ओभर ५ बलमा ८७ रनमा अलआउट भयो । जिम्बाब्वेका जनथान क्याम्पबेलले सर्वाधिक २७ रन बनाए ।

दोस्रो टी–२० वर्षाका कारण प्रभावित भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय र तीन टी–२० श्रृङ्खला खेलेको हो ।