२०८२ जेठ २५ शनिवार

राशिफल

जेलेन्स्कीद्धारा रुस र युक्रेनबीचको वार्ता फेरि सुरु गर्न आह्वान

काठमाडौं   :  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडिको अवस्थामा फर्कनुपर्ने बताएको छ ।

युक्रेनको राजधानी किएभबाट बेलायतमा रहेका विशेषज्ञ समूहसँग कुरा गर्दै उहाँले आफ्नो देशले स्वीकार्न सक्ने न्यूनतम विषयबारे जानकारी दिएको हो ।

जेलेन्स्कीले रुस र युक्रेनबीचको कुटनीतिक वार्ता फेरि सुरु गर्न आह्वान गरेको छ । तर आफूले सानो युक्रेन नभइ समग्र युक्रेनको नेतृत्व गरिरहेको उनको भनाइ छ ।

रुसी सेनाले अहिले दक्षिणपूर्वी सहर मारिऊपोलको स्टिल उद्योगमा आक्रमण गरिरहेको छ । त्यहाँ अझै पनि केही युक्रेनी नागरिक र सैनिक फसेका छन् ।