२०८२ जेठ २१ मङ्गलबार

राशिफल

एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी

काठमाडौं : जिम्बाब्बे ए विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जिम्बाब्बेले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि ओपनर सुनिल धमलाले ३८ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३४ र विनोद भण्डारी ४ रनमा अविजित रहे । जितसँगै दुई एकदिवसीय सिरिज १ – १ को बराबरी भएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्बे ए लाई ३१.५ ओभरमा ८७ रनमा अलआउट पारेको थियो ।