काठमाण्डौ : पालिका चुनावको अवसरमा नेपाल टेलिकमले विभिन्न नयाँ अफर ल्याएको छ । भोलि २५ गतेदेखि जेठको चार गतेसम्म लागु हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो ।
अफरमा ९८ रुपैयाँमा तीन दिनसम्म जुनसुकै नेटवर्कमा २ सय मिनेट कल गर्न सकिनेछ । यस्तै ९८ रुपैयाँमै तीन सय वटा एस एम एस वा ६ जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
तपाइँको प्रतिक्रीया