काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबको महिला टिमले आरबीबी एनभीए क्लब लिग भलिबलको उपाधि पहिलोपल्ट जितेको छ । छैठौं संस्करणमा पहिलोपल्ट लिग च्याम्पियन बन्न पाउनुलाई खेलाडीहरु गर्वको क्षण मान्छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा निर्णायक खेलमा नेपाल पुलिसलाई सोझो सेटमा पराजित गरेपछि आर्मीका खेलाडीको खुसी हेर्नलायक थियो ।
उपाधि जित्नका लागि आर्मीलाई सोझो सेटकै जित जरुरी थियो । आर्मीले पुलिसमाथि २५–१८, २५–२३ र २५–२० ले जित्यो ।
अरु दुई विभागीय टोली एपीएफ र नेपाल पुलिसभन्दा धेरै पछिमात्र आर्मीले महिला टिम निर्माण गरेको हो ।
आर्मीले सिभिलका खेलाडी जम्मा पारेर २०७१ सालदेखि नै राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउन थालेको हो ।
तपाइँको प्रतिक्रीया