काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले गहुँ खरिद बढाउन निर्देशन दिएको छ ।
खाद्यान्न अभाव हुन नदिन आवश्यक मात्रामा आयात गर्न प्रधानमन्त्री सरिफले खाद्य सुरक्षा अधिकारीहरूलाई आग्रह गरेको समाचार संस्था एएनआईले जनाएको छ । पाकिस्तानबाट अवैधरूपमा गहुँ अन्तै गएको तर स्वदेशमा अभाव देखिएको विवरणमा तस्करी तत्काल रोक्न पनि उनले निर्देशन दिएको छ ।
प्रधानमन्त्री सरिफले गहुँ भण्डारण गर्न उत्पादन नीतिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
तपाइँको प्रतिक्रीया