काठमाडौं : भोजपुरको षडानन्द नगरपालिका साङपाङमा नचिनेको मानिसको समूहले उम्मेदवारमाथि खुकुरी प्रहार गरेको छ ।
हिजो राति १० बजे वडा नं १० साङपाङकी वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नचिनेको व्यक्तिको समूहले कुटपिट गरी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उनको टाउकोमा चार टाँका लगाइएको र घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताए । कुटपिटमा संलग्नको खोजी भइरहेको छ ।
तपाइँको प्रतिक्रीया