२०८२ जेठ २१ मङ्गलबार

राशिफल

खेलाडीहरुको विवादको विषयमा निष्पक्ष छानविनको माग

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फा को कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लो समय नेपाली फुटबलमा देखिएको विवादको विषयमा एन्फा बैठक बस्न लागेको हो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेको छ । राष्ट्रिय फुटबल टिमको विषयमा छलफल गर्न बैठक बस्ने तुलाधरले बताए ।

एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हटाएपछि सुरु भएको विवाद दुई साता पुग्न लाग्दा पनि अझै समाधान हुन सकेको छैन ।

त्यसपछि खेलाडीहरुले यस विषयमा निष्पक्ष छानविन गर्न माग राख्द‌ै आएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीले पनि कार्यसमिति बैठक राख्न एन्फालाई पत्र पठाइसकेको छ ।

यस्तै प्रशिक्षक अल्मुताइरीले पनि एन्फालाई पत्र लेख्दै आफ्नो धारणा व्यक्त गरिसकेका छन् ।

फुटबल टिम विवादबारे यसअघि एन्फाले एक सदस्यीय छानविन कमिटी गठन गरेको समाचार आफ्नै वेबसाइटमा सार्वजनिक गरे पनि पछि हटाएको थियो ।