२०८२ जेठ २२ बुधबार

राशिफल

मानवीय उद्धार तथा सहायता ३० गते उडान बन्द नहुने

काठमाण्डौ : निर्वाचन आयोगको निर्णयअनुसार ३० गते शुक्रवार सबै नियमित उडान बन्द रहने वायु सेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ ।

तर मानवीय उद्धार तथा सहायता उडान र सरकारको निर्देशनमा हुने उडान भने सञ्चालन हुने सङ्घले जानकारी दिएको छ ।

निर्वाचन आयोगको सिफारिसमा सरकारले ३० गते देशभर सार्वजनिक गाडी र हवाई यातायात बन्द गर्ने निर्णय गरेको छ ।

तर अन्तर्राष्ट्रिय उडान भने नरोकिने र विमानस्थल आउजाउका लागि यात्रुलाई प्रमुख जिल्ला अधिकारीले समन्वय गर्ने सरकारले यसअघि नै निर्णय गरिसकेको थियो ।