काठमाडौंं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डमा धम्क्याएर खाने बानी अझै नगएको टिप्पणी गरेका छन् ।
चितवनमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केही दिन अघि अध्यक्ष प्रचण्डले चितवनमा आएर काँग्रेसका कार्यकर्ताले रेनुलाई भोट नदिए देश दुर्घटनामा पर्छ भनेर धम्क्याएको भन्दै त्यस्तो धम्कीबाट नडराउन आग्रह गरे ।
अस्ति भर्खर मात्र यहाँ नेताहरु आएर बोलेर जानुभएको छ मैले धेरै भन्नुपर्दैन तपाईहरुले सुन्नुभएको होला एउटा नेताले के बोल्नुभएको छ ’ओलीले प्रश्न गरे । उनले भने, ‘चितवनका जनताले मेरी छोरीलाई खुरुक्क भोट हालेर जिताएनन् भने दुर्घटना हुन्छ ।
रुखवालाले खुरुखुरु राजीखुशीले भोट हाल्दैनन भने दुर्घटना हुन्छ ।’ माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति लक्षित गर्दै ओलीले भने, ‘थपक्क भोट हालेर मेरी छोरी जिताए भने म खुसी हुन्छु, उत्साहित हुन्छ, १०,१५, २० बर्ष गठबन्धन टिकाइदिन्छु ।’
तपाइँको प्रतिक्रीया