२०८२ जेठ २२ बुधबार

राशिफल

सुर्खेतमा मदिरा बिक्रीमा रोक

काठमाडौं : सुर्खेतमा चुनावको समयमा मादक पदार्थ बिक्री वितरणमा रोका लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले आइतबार एक सुचना जारी गर्दै मतदानको कार्य सम्पन्न नभएसम्मको लागि मदिरा बिक्री वितरणका रोक लगाइएको जानकारी गराएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मंगलबार राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइएको जानकारी दिए ।

उनले भने, ‘मादक पदार्थको सेवन तथा बिक्री वितरण गर्ने कार्यले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा अवरोध सिर्जना गर्न सक्ने भएकाले रोक लगाइएको हो ।’