२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नेपालले आज जिम्बाब्वे ए सँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दै

काठमाण्डौ   :  नेपालले आज जिम्बाब्वे ए सँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुनेछ ।

आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा रहेको छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।

अस्ति नेपालले जिम्बाब्वे ए लाई ९ विकेटले हराएको थियो भने शुक्रवार भएको पहिलो एक दिवसीयमा नेपाल ३ विकेटले पराजित भएको थियो ।