२०८२ असार २ सोमबार

राशिफल

नेपाल र जिम्बाब्वे ए बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित

काठमाण्डौ  :  ओसिलो मैदानका कारण नेपाल र जिम्बाब्वे ए बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित भएको छ।

त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे नै हुने भनिएको खेल अहिलेसम्म सुरु हुन सकेको छैन।

ओसिलो मैदानका कारण टस हुन ढिलाइ भइरहेको छ । आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा रहेको छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।