२०८२ जेठ १९ आइतबार

राशिफल

चुनावी माहोलले पेट्रोलियम पदार्थको खपत बढायो

काठमाडौं : स्थानीय तह निर्वाचनका कारण देशभर पेट्रोलियम पदार्थको खपत उच्च दरमा बढेको छ । दलहरुको भड्किलो प्रचार र चुनावी मोटरसाइकल र्‍याली लगायतका कारण यही चुनावी माहोलमा नेपालमा इन्धनको खपतको नयाँ रेकर्ड नै राखेको छ । पेट्रोल र डिजलमा प्रतिलिटर उच्च् दरमा घाटा खेपिरहेको निगमलाई यसले थप दबाबमा पारेको छ ।

चुनावी प्रचार प्रसारका कारण दैनिक पौन ३ अर्ब रुपैयासम्मँ इन्धनमा खर्च भइरहेको नेपाल आयल निगमले जनाएको छ । जुन खपत सामान्य दिनको भन्दा निकै धेरै हो । निगमका प्रवक्ता विनितमणि उपाध्याय चुनावी प्रचारप्रसार तीव्र हुँदै गर्दा इन्धनको खपतको पनि नयाँ कीर्तिमान बनाएको बनाएको बताउँछन् ।

१९ वैशाखमा डिजल र पेट्रोलको बिक्रीमा नयाँ रेकर्ड कायम भएको निगमले जनाएको छ । सो दिन एकैदिन १० हजार ४ सय किलोलिटर डिजल र ४ हजार ९१० किलोलिटर पेट्रोल बिक्री भएको थियो, सो दिनमा ४९५ किलोलिटर हवाइ इन्धन पनि ब्रिकी भएको निगमले जनाएको छ । १९ वैशाखमा पेट्रोल, डिजल र हवाइ इन्धन मात्रै २ अर्ब ८७ करोड ३६ लाख रुपैयाँ भन्दा धेरैको विक्री भएको थियो ।

यस्तै २१ वैशाखमा पनि इन्धनको खपत उच्च दरमा भएको देखिन्छ । सो दिन ४ हजार ४२५ किलोलिटर पेट्रोल र ७ हजार ९८१ किलोलिटर डिजल विक्री भएको थियो । यस्तै ४६३ किलोलिटर हवाई इन्धन बिक्री भएको निगमले जनाएको छ ।

निगमकाअनुसार सामान्य अवस्थामा देशभर पेट्रोलको दैनिक खपत २ हजारदेखि २२ सय किलोलिटर हाराहारी हुन्छ । तर, अहिले यो दर बढेर कुनै दिन १० हजार ४ किलोलिटरसम्म पुगिरहेको छ । सामान्य अवस्थामा दैनिक असौत ६ हजार किलोलिटर हाराहारी बिक्ने डिजलको खपत पनि ११ हजार किलोलिटरसम्म पुगेको प्रवक्ता उपाध्यायले बताए ।