२०८२ जेठ ३१ शुक्रबार

राशिफल

ताइवानमा ६ . १ म्याग्‍निच्यूडको भूकम्प

काठमाडौं : ताइवानको पूर्वी तटमा सोमवार ६ दशमलव १ म्याग्‍निच्यूडको भूकम्प गएको छ । भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराइ २७ दशमलब ५ किलोमिटर रहेको थियो । भूकम्प ताइवानभर महसुस गरिएको थियो । दुई टेक्टोनिक प्लेटको संगम नजिकै​ रहेको ताइवान भूकम्पको जोखिममा छ ।