काठमाडौं : सुक्खा मौसम सुरू भएसँगै चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएको छ।उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो।
उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरू भएको ईश्वरपुर नगरपालिका– १२ का बासिन्दा रामबाबु थिङले गुनासो गरे।
उनका अनुसार धारामा पानी आउन छाडेको धेरै भएको र आफूहरूले खोला तथा बगरका कुवाबाट पानी ल्याउने गरेको भए पनि अहिले ती कुवा पनि सुक्न थालेपछि खानेपानीको समस्या भएको हो।
तपाइँको प्रतिक्रीया