काठमाडौं : बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहागरपालिकाको मेयरमा १८ र उपमेयर पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । तीन दशक यताका स्थानीय तह निर्वाचनमा यहाँ नेकपा एमालेले आफ्नो वर्चश्व कायम राखेको छ ।
यस पटक सत्तारुढ गठबन्धन एकातिर छन् भने अर्कोतिर एमाले छ । अन्य साना दलबाट पनि मेयरमा उम्मेदवारी परेको छ । त्यसैले मेयर पदका लागि कसले बाजी मार्ने हो भनेर अहिले नै लेखाजोखा गर्न कठिन छ ।
एमालेले हेटौंडाको मेयर पदमा ‘हेभीवेट’अनन्तप्रसाद पौडेललाई अघि सारेको छ । संविधानसभा सदस्यसमेत रहेका पौडेललाई आगामी निर्वाचनबाट हेटौंडामा एमालेको ३० वर्षे विरासत जोगाउने चुनौती छ ।
तपाइँको प्रतिक्रीया