२०८२ जेठ २३ बिहीबार

राशिफल

फेरी उपत्यकाको फोहोर उठ्न छाड्यो

काठमाडौं : फेरि काठमाडौंमा उपत्यकाको फोहोर उठ्न छाडेको छ । १४ दिनपछि गत शनिबारबाट फोहोर उठ्न थालेको थियो । शहरका सडक र गल्लीहरुमा थुप्रिएको फोहोर उठाउन नपाउँदै फेरि फोहोर उठ्न छाडेको हो ।

यसले चुनावअघि सडकको फोहोर उठाइसक्ने काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र उपत्यकाभित्रका अन्य नगरपालिकाको योजनामा धक्का लागेको छ ।

तर, फोहोर उठाउन तीव्रता दिएलगत्तै अब ३० वैशाखको चुनावसम्म फोहोर उठाउन नसक्ने अवस्था देखिएको हो ।

पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा शनिबारदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको थियो ।

तर, सिसडोलस्थित ल्यान्डफिल साइटमा महानगरपालिकाले चलाइरहेका मेसिनहरु बिग्रिएपछि सोमबारबाट फोहोर विसर्जन अवरुद्ध भएको छ ।

आइतबार पनि फोहोर राम्रोसँग नपुरिएको र जथाभावी फालिएको भन्दै स्थानीयबासीले ल्यान्डफिल साइटमा केही घण्टा अवरोध गरेका थिए ।

तर, ल्यान्डफिल साइटमा फोहोर पुर्ने, माटो सम्याउने लगायतका काम गरिरहेका एक्स्काभेटर र डोजरहरु बिग्रिएपछि फोहोर विसर्जन पनि रोकिएको हो ।