२०८२ जेठ २१ मङ्गलबार

राशिफल

भोली देखी अन्तराष्ट्रिय सीमा नाका बन्द

काठमाडौं : ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन अन्तर्गत २७ वैशाख मंगलबार राती १२ बजेबाट मौन अवधि शुरु हुँदैछ। मौन अवधि शुरु भएसँगै नेपालका सबै अन्तराष्ट्रिय सीमा नाका बन्द हुने नेपाल प्रहरीले जनाएको छ।

मंगलबार राती १२ बजेबाट बन्द भएका अन्तर्राष्ट्रिय सीमा नाका ३० वैशाख राती १२ बजेसम्मका लागि बन्द हुने प्रहरीले जनाएको हो।

यस्तै निर्वाचनका दिन आन्तरिक हवाई सेवा पनि बन्द हुने छ। भने सो दिनको विहान ५ बजेदेखि बेलुका ६ बजेसम्म इजाजत प्राप्त सवारी साधन बाहेकका अन्य साधन सञ्चालनमा रोक लगाउने गृह प्रशासनको तयारी छ।