२०८२ जेठ २१ मङ्गलबार

राशिफल

स्वास्थ्यकर्मीलाई आक्रमण गरेमा कडा सजाय

काठमाडौं :स्वास्थ्यकर्मीलाई आक्रमण गरेमा सजायकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई विगतभन्दा थप कडा सजायसहित अध्यादेश जारी गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी स्वास्थ्य तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधित २०७९ अध्यादेश जारी भएको छ ।

अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई पुर्पक्षमा थुनामा राख्ने व्यवस्था गरिएका थियो भने नयाँ संशोधित अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्ने गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।

यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्‍याएमा, स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरेको खण्डमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने अध्यादेशमा उल्लेख गरिएको छ ।