२०८२ जेठ २१ मङ्गलबार

राशिफल

सुख्खा विस्कुट र पानीको भरमा मतदाता माझ पुग्दै उम्मेद्वार शेर्पा

  • एनडीसी खबर२०७९ बैशाख २६ सोमबार २२:२०:४०

सोलुखुृम्बु : चुनाव भन्ने वित्तिकै सुख्खा विस्कुट र पानीको भरमा मतदाता माझ पुग्दै उम्मेद्वार शेर्पाकै ठुलठुला भोज भतेर र अत्यन्त तडक भडक हुन्छ, भन्ने कुरा तपाई हाम्रो मस्तिष्कमा आईहाल्छ ! वास्तविकता पनि यहि हो, की चुनावी प्रचार तथा भोट माग्न करोडौ खर्च गर्न समेत पछि पर्दैनन् नेताहरु ।

पैसाकै बलमा मतदातालाई क्षणिक प्रभावमा पारि परिणाम आफ्नो पक्षमा पार्छु भन्ने दाउमा कतिपय उम्मेद्वारहरु लागेका छन् । दर्जनौ गाडी, सयौँ कार्यकर्ताहरु र निक्कै ठुलो तडक भडकका विच चुनाव जितेका कतिपय नेताहरु चुनावपछि भने जनतालाई चटक्कै विर्सने गरेको नजिर पनि समाजमा कमि छैनन् ।

तर सोलुदुधकुण्ड नगरपालिकाका निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार नाम्गेल जाङबु शेर्पा भने न ठुल्ठुला भोजभतेर गर्नमा तम्सिन्छन् न त कार्यकर्ताको लस्कर लगाएर हिड्छन् नै । सादा जिवन उच्च विचारलाई आत्मासाथ गर्न मनपराउने शेर्पा सुख्खा विस्कुट र तातो पानी खादै मतदाता माझ पुग्ने गरेका छन् ।

जनताको प्रिय नेताको छवि बनाइसकेका शेर्पा आफुपनि सुख्खा विस्कुट र पानीको भरमा मतदाताको घर घरमा पुगिरहेका छन् भने मतदातालाई समेत कसैको दबाव प्रभावमा नपर्न अग्राह गर्दै हिडिरहेका छन् । जिल्ला भित्रैपनि कतिपय उम्मेद्वारहरुले चुनावी सभामा खसी नै ढालेर भोज भतेर गरेरै कार्यक्रममा मास ठुलो बनाउने र मतदातालाई प्रभावित पारिरहेका छन् । शेर्पा पुगेका हरेक चुनावीसभाहरुमा उनको लोकप्रियताकै कारण जनसहभागिता उच्च देखिन्छ ।

उनी पुगेका कार्यक्रममा ९० बर्षका बृद्धहरु पनि शेर्पाको बोली सुन्नकै लागि लौरोको सहारामा पुग्ने गरेका छन् । सधै नगरवासीको सेवकको रुपमा स्थापीत हुन चहाने शेर्पा यतिखेर एउटा भाडाको बोलेरोमा सामन्य तवरबाट चुनावी प्रचारमा सकृय छन् भने गाउँ गाउँमा स्थानीयको सहभागीता उग्र देखिएको तामाखानीका सन्तोष मगरले बताए ।

उनले भने, “नाम्गेल दाई अरु उम्मेद्वार जस्तो तामझामका साथ हिड्नुभएको छैन् सामान्य तवरले हिडिरहनुभएको छ, तरपनि उहाँ पुगेको कार्यक्रममा मास अकल्पनिय छ । उहाँको लोकप्रियता र मेयर हुँदा अघिल्लो कार्यकालमा गरेको विकास र नगरवासीको सेवाकै कारणले स्थानीयवासी कार्यक्रममा सहभागी हुने गरेको मैले पाएँ ।

गाउँ गाउँमा पुग्दा नाम्गेल दाई प्रतिको लोकप्रियता बढ्दै गएको देखे मैले त, फेरी तपाई नै आउनु पर्छ नगरपालिकाको नेतृत्व गर्न भन्ने मतदाताहरु त गाउँ गाउँमा कति छन् कति ! मसँग नै धेरैले भने ।” समाज सेवामा रहेका शेर्पा २०७४ सालको निर्वाचनमा अत्याधिक मतका साथ नेकपा एमालेबाट उम्मेद्वार भएका आङ इगेले शेर्पा (झलक) लाई पराजित गर्दै ३५ बर्षकै उमेरमा सोलुदुधकुण्ड नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए ।