काठमाडौं : रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट को निर्माण ९० प्रतिशत सकिएको भएको छ। रसुवाको गोसाइँकुण्ड–२ टिमुरेमा रहेको आयोजनाले मंसिरभित्र उत्पादन गर्ने लक्ष्य राखेको छ।
इलेक्ट्रोमेकानिकलतर्फ उपकरण जडान भइरहेको आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताए। भने, ‘४० प्रतिशत उपकरण जडान सकिएको छ। यसैलाई प्राथमिकता दिएका छौं।’ अन्य कामलाई पनि साथसाथै अघि बढाइरहेको ज्याख्वाले बताए।
उपकरण जडानको काममा ढिलाइ भएका कारण उत्पादन समयपछि धकेलिएको आयोजनाले जनाएको छ। ‘कोभिड–१९ का कारण देखाएर भारत फर्किएको टोली ढिलो फर्कियो,’ उनले भने, ‘त्यसैले ढिलो भयो।’
इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाले २०७८ कात्तिकदेखि काम सुरु गरेको गरेको थियो। तोकिएको समयमै काम सम्पन्न गर्ने गरी योजना बनाएर काम गरिरहेको उनले बताए।
तपाइँको प्रतिक्रीया