२०८२ जेठ २२ बुधबार

राशिफल

चीनमा विदेशी ब्राण्डका कम्प्युटर प्रयोगमा रोक

काठमाडौैैैैैैैैैैं : चीनले आफ्ना सरकारी निकाय तथा एजेन्सीहरुमा विदेशी ब्राण्डका कम्प्युटरहरूको प्रयोग बन्द गर्न सुजाव दिएको छ ।

विदेशी ब्राण्डका कम्प्युटरको साटो चिनिया ब्राण्डका कम्प्युटर प्रयोग गर्न सरकारले सुजाव दिएको हो ।

संवेदनशील ठाउँहरूमा विदेशी प्रविधिको पहुँच अन्त्य गर्नका लागि चीनले यस्तो कदम अगाडि सारेको हो । आगामी २ वर्षभित्रमा सरकारी एजेन्सी तथा उद्योगहरूमा विदेशी कम्प्युटरलाई स्वदेशी ब्राण्डले विस्थापन गर्ने सरकारको योजना छ ।

ब्लुम्बर्गका अनुसार यो निर्णयका कारण चीन सरकारका कार्यालयहरूमा प्रयोग भइरहेका पाँच करोड कम्प्युटरहरू फेरिनेछन् ।

चीनले धेरै पहिले नै विदेशी ब्राण्डको ठाउँमा स्वदेशी कम्प्युटरको प्रयोग गर्ने निधो गरेको थियो । यद्यपि यो काम निकै सुस्त गतिमा अगाडि बढेको थियो ।

तर अमेरिकासँगको बढ्दो प्रतिस्प्रर्धालाई मध्यनजर गर्दै चीन सरकारले तीव्ररुपमा विदेशी कम्प्युटरको विस्थापन गर्ने निर्णय गरेको हो । चिप, सर्भर र फोनमा अमेरिकी प्रविधिमाथिको निर्भरता न्यूनतम स्तरमा पूराउने चीनको योजना छ ।

क्यानालिस नामक एजेन्सीका अनुसार चीनमा पर्सनल कम्प्युटरमा एचपी र डेल सबैभन्दा लोकप्रिय ब्राण्डको रुपमा रहेका छन् । तेस्रो नम्बरमा मात्रै चिनिया ब्राण्ड लेनोभो छ । नयाँ नीति अनुसार चिनिया सरकारी कार्यालय तथा उद्यमहरुमा प्रयोगमा आइरहेका एचपी र डेल कम्प्युटरलाई लेनोभोलगायतका स्वदेशी ब्राण्डले प्रतिस्थापन गरिनेछ ।