२०८२ जेठ २१ मङ्गलबार

राशिफल

१ सातमा नै मत परिणाम सार्वजनिक गरिने

काठमाडौं : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मत परिणाम एक साताभित्रै सार्वजनिक गरिसक्ने तयारी गरेको छ । आयोग एक आयुक्तका अनुसार सात दिनभित्रै मतगणना सक्ने गरी तयारी गरिएको छ ।

आउँदो जेठ ५ गते स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिँदै छ । सोहीअनुसार आयोगले सात दिनभित्रै मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको हो ।

आयोगले थोरै मतदाता रहेका पालिकाहरूमा जेठ ५ अगावै निर्वाचित पदाधिकारीहरूको शपथलगायत काम गर्ने तयारी गरिएको छ । धेरै मतदाता रहेका र महानगरपालिकाहरूमा अघिल्लोपटकजस्तो धेरै दिन नलगाइने आयोगले जनाएको छ ।