काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् ।
मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार बिहान एमालेले आयोजना गरेको स्थानीय निर्वाचन लक्षित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाललाई आधुनिक युगमा पु¥याउने जिम्मा एमालेको भएको बताए ।
नेपाललाई आधुनिक युगमा प्रवेश गराउने एमाले हो । आत्मनिर्भर अर्थतन्त्र, उत्पादन वृद्धि, उद्योग धन्दा सञ्चालन, कृषिको आधुनिकीकरण लगायतका सबै काम एमालेकै नेतृत्वमा हुन्छ,’ उनले भने, ‘कोही पनि अलमलमा नपरीकन समृद्ध नेपाल र सुखी नेपालीको साझा मुद्दालाई स्थापित गराउने अभियानमा होमिनुपर्छ ।
युवाहरू विदेश पठाउने हैन, मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।’ ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने प्रयास एमाले नेतृत्वको सरकारले गरेको पनि बताए ।
तपाइँको प्रतिक्रीया