२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कंगोमा हिंसात्मक आक्रमण , १४ जनाको मृत्यु

काठमाडौं : प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भागमा विस्थापित शिविरलाई लक्षित गरी गराइएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ ।

हिंसात्मक आक्रमणको पछिल्लो शृंखला अन्तर्गत पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको इटुरी प्रान्तमा रहेको आन्तरिक द्वन्द्वका कारण विस्थापितहरू बसोबास गर्ने शिविरलाई लक्षित गरी हमला भएको हो ।

इटुरी प्रान्तको फटाकी सहरबाहिर रहेको शिविरमा सशस्त्र लडाकुले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।आक्रमणका बेला सो शिविरमा सयौँ विस्थापितको बसोबास रहेको जनाइएको छ ।

मारिनेमा बालबालिका समेत रहेको प्रजातान्त्रिक गणतन्त्र कंगो सेनाका प्रवक्ता जुलेस ङ्गोङ्गोलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । आक्रमणमा विद्रोही समूह ‘कोडेको’ को हात रहेको बताइएको छ ।