काठमाडौं : चुनावी प्रचारका लागि डडेलधुरा जिल्ला पुगेका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी डडेलधुरा सार्न सकिने बताएका छन्। डडेलधुरामा आवश्यक संरचना निर्माण गरेर राजधानी सार्न सकिने देउवाको भनाइ छ।
२०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावपछि देउवा नेतृत्वको सरकारले नै कैलालीको धनगढीलाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो। सुदूरपश्चिम प्रदेश सभाले कैलालीको गोदाबरीलाई प्रदेश राजधानी तोक्ने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन।
मंगलबार डडेलधुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने ‘डडेलधुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ। डडेलधुरा र डोटीमा सभागृह लगायत संरचनाहरु थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौं। त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ।’
तपाइँको प्रतिक्रीया