काठमाडौं : नेप्से सूचकमा ४४ अंकको सुधार आएको छ । आइतबार र सोमबार करिब २९ अंकले बढेको नेप्सेमा मंगलबार थप ४४.१६ अंकले बढ्दै २३ सय १३ विन्दुमा उक्लिएको हो।
यस दिन सबै उपसूचकहरु धनात्मक भएर सेयर बजार नै हरियाली बन्न पुगेको छ । तर आकर्षक रुपमा बढिरहेको बजारमा कारोबार रकम भने आजपनि बढ्न सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ४४ अंकमाथिले नेप्से सूचक बढेको यस दिन जम्मा एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।
यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ व्यापार समूहको उपसूचक जम्मा ०.७ प्रतिशतले मात्र बढेको छ ।
आज न्यादी ग्रुप पावर लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड र जाल्पा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआईबीएल संवृद्धि फन्ड–२ को सेयर मूल्यमा ४.८२ प्रतिशतको गिरावट आएको छ ।
तपाइँको प्रतिक्रीया