काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो प्रतिस्पर्धी नै कोही नरहेको बताएका छन् ।
एमालेले काठमाडौंमा गरेको चुनावी सभामा बोल्ने क्रममा आफ्नो जित निश्चित रहेको दाबी गरे ।
‘यो सभा विजयी उत्सव हो कि, मलाई नै कन्फ्युज भएको छ,’ स्थापितले भने, ‘प्रतिस्पर्धी छ जस्तो लागेकै छैन । प्रतिपक्ष नै उभिएकै छैन । काठमाडौं कस्तो बनाउने भनेर आउन पर्दैन ।
फोहोरको एक वर्ष पछि स्थायी समाधान निस्कने उनले दाबी गरे । कांग्रेसले भविष्यमा फोहोरका लागि राजनीति गर्न नपाउने स्थापितले बताए । एक वर्षभित्र धुलो र धुवाँको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
तपाइँको प्रतिक्रीया