२०८२ जेठ २५ शनिवार

राशिफल

केशव स्थापितले भृकुटीमण्डपमा मागें माफी

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफ्नो अभिव्यक्तिबाट पुग्न गएको चोटप्रति माफी मागेका छन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले केही गल्ती हुँदा क्षमा माग्न पाइने संस्कार आफूहरूमा भएको भन्दै ‘आईएनजीओबाट सञ्चालित दिदीबहिनी’सँग माफी मागेको बताए ।

‘मैले सबैलाई दिदी, आमा भन्न पाउँछु । केही महिला दिदीबहिनीले नेपाली बुझ्दैनन्’ उनले भने, ‘आईएनजीओबाट सञ्चालित दिदी बहिनीलाई पनि माफी मागें।’

उनले चुनावको समयमा आफूमाथि हमला भएको हुनसक्ने भन्दै आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताए ।

‘यो चुनावी युद्धमा चुनावी हतियार प्रयोग गरिन्छ, मिसाइल प्रयोग हुन्छ । हामीमाथि हमला होला’ उनले भने, ‘अझ जीउ फुलाएर पनि देखाउनुपर्छ । म नाचे पनि हुँला, तिक्त भाषा पनि बोले हुँला, मेरो वाणीले कसैलाई दुःख परेछ भने माफ पाऊँ ।’

उम्मेदवार स्थापितले मेयर हुने मान्छेले माफी माग्न जान्नुपर्ने भन्दै आफ्नो हाउभाउ र लेखनले दुःख भएको भए पनि माफी चाहेको बताए ।