काठमाडौं : बैशाख ३० का दिन हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारी साधन बन्द हुनेछन् । आन्तरिक उडान समेत बन्द हुने यस दिन अन्तर्राष्ट्रिय उडान भने नियमित हुनेछन् ।
उनीहरुको सेवालाई ध्यानमा राखि काठमाडौंमा सःशुल्क सटल बस चलाइने भएको छ । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटक यातायात व्यवसायीहरुसँगको समन्वयमा यस्तो सेवा सञ्चालन गरिने जनाएको छ ।
हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग र व्यवसायीको समन्वयमा यस्तो सुविधा दिन लागेको हो । बस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म चल्ने छ । यस्तो बसको शूल्क ३ सय रुपैयाँ तोकिएको छ ।
बोर्डका अनुसार एयरपोर्ट एनएसीहोटल अन्नपूर्णहोटल याक एण्ड यतठमेल चोकलैनचौर चोकशंकर होटल एम्बासडर होटल एयरपोर्ट हुँदै एक रुट तोकिएको छ ।
एयरपोर्टहोटल र्याडिशनसांग्रिला होटल(नारायण गोपाल चोक महाराजगंज चोक हायात रिजेन्सी चाबहिल चोकहोटल द्धारिकाएयरपोर्ट गुड्ने गरी अर्को रुट तय भएको छ ।
एयरपोर्ट तीनकुने चोकहोटल एभरेष्टमाइतीघर चोकहोटल हिमालयनहोटल सोल्टीग्रान्ड होटल एयरपोर्ट रुटमा समेत बस चल्ने छ । सटल बस सेवावापत तोकिएको शुल्क लाग्ने सेवा दिंदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने गरि तोकिएको छ ।
बैशाख ३० अन्तर्राष्ट्रिय उडान र सटल बस चलाइने
काठमाडौं बैशाख ३० का दिन हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारी साधन बन्द हुनेछन् । आन्तरिक उडान समेत बन्द हुने यस दिन अन्तर्राष्ट्रिय उडान भने नियमित हुनेछन् ।
उनीहरुको सेवालाई ध्यानमा राखि काठमाडौंमा सःशुल्क सटल बस चलाइने भएको छ । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटक यातायात व्यवसायीहरुसँगको समन्वयमा यस्तो सेवा सञ्चालन गरिने जनाएको छ ।
हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग र व्यवसायीको समन्वयमा यस्तो सुविधा दिन लागेको हो । बस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म चल्ने छ । यस्तो बसको शूल्क ३ सय रुपैयाँ तोकिएको छ ।
बोर्डका अनुसार एयरपोर्ट एनएसीहोटल अन्नपूर्णहोटल याक एण्ड यतठमेल चोकलैनचौर चोकशंकर होटल एम्बासडर होटल एयरपोर्ट हुँदै एक रुट तोकिएको छ ।
एयरपोर्टहोटल र्याडिशनसांग्रिला होटल(नारायण गोपाल चोक महाराजगंज चोक हायात रिजेन्सी चाबहिल चोकहोटल द्धारिकाएयरपोर्ट गुड्ने गरी अर्को रुट तय भएको छ ।
एयरपोर्ट तीनकुने चोकहोटल एभरेष्टमाइतीघर चोकहोटल हिमालयनहोटल सोल्टीग्रान्ड होटल एयरपोर्ट रुटमा समेत बस चल्ने छ । सटल बस सेवावापत तोकिएको शुल्क लाग्ने सेवा दिंदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने गरि तोकिएको छ ।
तपाइँको प्रतिक्रीया