२०८२ जेठ ३१ शुक्रबार

राशिफल

युक्रेनमा एउटा भवनको भग्नावशेषमा ४४ वटा शव फेला

काठमाडौं  :  युक्रेनमा एउटा भवनको भग्नावशेषबाट ४४ वटा शव फेला परेको छन् । रुसी सेनाले आक्रमण तीव्र पारेको इज्यूम सहरमा भग्नावशेषभित्र ती शव फेला परेका त्यहाँका मेयर भ्यालेरी मार्चेनकोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको मार्चमा रुसी सेनाले आक्रमण गरेपछि स्थानीयबासिन्दाले आश्रय लिएको पाँच तले भवन क्षतिग्रस्त भएको थियो ।

रुसले अप्रिल एकमा कब्जा गरेको इज्यूम सहरमा रुसी फौज अझै तैनाथ छन् । मर्चेन्काले रुसी फौजले सहरको आधा भाग मात्रै कब्जा गरेको बताए ।