२०८२ जेठ २० सोमबार

राशिफल

जनप्रतिनिधिलाई भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं : स्थानीय तह निर्वाचन आउन अब दुई दिनमात्रै बाँकी छ । दलहरूले चुनावी प्रचारप्रसार गर्न नपाउने मौन समय जारी छ । जनताहरू आफूलाई मन पर्ने जनप्रतिनिधि चयन गर्ने होडमा रहिरहँदा यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षको वैशाख २७ गतेसम्म ३२ जनप्रतिनिधिभ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ ।

त्यस्तै पाँच जनप्रतिनिधिहरूलाई आयोगले घुस लिँदालिँदैको क्रममा रंगेहात पक्राउ गरेको छ । जसमा एकजना मेयर, एकजना वडाध्यक्ष र दुई वडा सदस्य रहेका छन् ।

निर्वाचित जनप्रतिनिधिहरूलाई आयोगले राजस्व चुहावट, नक्कली बिल भरपाइ, दोहोरो नागरिकता बनाइदिने नाममा घुस, जग्गा नाम सारीलगायत विभिन्न मुद्दामा आरोपपत्र दायर गरेको छ ।

आयोगले चालु आवमा रंगेहात पक्राउ गरेका जनप्रतिनिधि चालु आ।वको वैशाख २७ सम्म आयोगले पाँचजना जनप्रतिनिधिलाई घुस लिने क्रममा रंगेहात पक्राउ गरेको छ । यो सूचीमा रौतहटका मेयरदेखि काठमाडौं महानगरपालिकाका सदस्यसम्म छन् ।

सेवाग्राहीलाई अन्तिम बिल दिने क्रममा ५ लाख घुससहित रौतहटस्थित देवाही गोनाह नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेल रंगेहात पक्राउ परे ।

त्यस्तै, ढलानसम्बन्धी कार्यसम्पन्नपछि सिफारिस बनाइदिने भन्दै सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिने सर्लाही ईश्वरपुर नगरपालिका वडा नं ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय आयोगको फन्दामा परेका थिए ।

जन्मदर्ताको सिफारिस गरिदएबापत् १० हजार रुपैयाँ घुस माग्ने महोत्तरी वडा नं ५ का वडाध्यक्ष राम बहादुर महतोलाई आयोगले रंगेहात पक्राउ गर्यो ।

काठमाडौं महानगरपालिका १४ का वडा सदस्य बसन्त महर्जन पनि दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए । उनले जग्गाको मोही प्रमाणपत्र दिएबापत भन्दै सेवाग्रहीबाट घुस लिएको आरोप छ ।