काठमाडौं स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनका लागि जिल्लामा सुरक्षा स्थिती कडा बनाइएको छ । छिमेकी जिल्लाहरुमा दैनिक जसो बिभिन्न पार्टीका कार्यकर्ता बिच झडप हुन थालेपछि सल्यानमा सुरक्षा कडा पारिएको हो ।
निर्वाचनका बेला गस्तीमा खटिएका सुरक्षाकर्मीले पक्राउ गरेका एक युवा ।
जिल्लाका १० पालिकामा नेपाल प्रहरी र म्यादी प्रहरी गरेर १ हजार ६ सय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिए । निर्वाचनको बेला सुरक्षा अवस्था कडा पार्नका लागि सशस्त्र र नेपाली सेना पनि परिचालन गरिएको छ ।
जिल्लाका १० पालिकामा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको छ । नेपाली सेनाका ६ सीओबी र ९ पीओबी प्लाटुन खटाइएको छ । प्रहरी र म्यादी प्रत्यक्ष निर्वाचन क्षेत्रमा खटिनेछन् । सशस्त्र प्रहरी बाहिरी घेरा र सेना क्याम्पमा बसेर निगरानी गर्नेछन् ।
सुरक्षा स्थिती मजबुत बनाउन र घुसपैठ हुन नदिन सादा पोसाकमा पनि सुरक्षाकर्मीहरु खटाइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । ‘छिमेकी जिल्ला रुकुमको चौरजहारी, रोल्पा र सुर्खेतको सिम्ता, जाजरकोटमा दैनिक जसो पार्टीका कार्यकर्ताबीच झडप भइरहेको छ ।
त्यसको असर पर्न नदिन सक्दो प्रयास भइरहेको छ, ’ उनले भने, ‘छिमेकी जिल्ला भएकाले अन्तर जिल्ला सहकार्य पनि भइरहेको छ ।’
तपाइँको प्रतिक्रीया