काठमाडौं : रुकुम पूर्वमा एमाले कार्यकर्ताको हत्या गरेको आरोपमा पक्राउ परेका तीनजना माओवादी कार्यकर्तामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पूर्वी रुकुममा एमाले कार्यकर्ताको हत्या गरेको आरोपमा पक्राउ परेका तीन कार्यकर्तालाई प्रहरीले जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको हो।
गत वैशाख १९ गते रुकुम पूर्वको पुथा उत्तरगंगा नगरपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो।
झडपपछि एमाले कार्यकर्ता जुनुमाया बुढा बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय उजुरी परेको थियो।
वैशाख २६ मा जुनमायाको शव पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–११ स्थित जंगलमा भेटिएको थियो।
जुनमायालाई हत्या गरेको आरोपमा प्रहरीले अर्जुन बुढा, कुमार सिंह र जयकुमार बुढालाई पक्राउ गरेको हो।
उनीहरु माओवादी केन्द्रका कार्यकर्ता हुन्। तीनैजनालाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
तपाइँको प्रतिक्रीया