२०८२ जेठ २१ मङ्गलबार

राशिफल

बैंकहरुको बिदा सम्बन्धमा सूचना प्रकाशन

काठमाडौं : नेपाल राष्ट बैंकले बैंकहरुको बिदा सम्बन्धमा सूचना प्रकाशित गरेको छ ।आगामी जेष्ठ १ गतेदेखि लागु हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएको छ ।

सोमबारदेखि शुक्रबारसम्म कार्यलय समय बिहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म कायम हुनेछ । त्यस्तै, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म कायम रहने छ ।

साथै, बैंकिंग कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९३० बजेदेखि साँझ ४ बजेसम्म कायम हुने भनिएको छ भने कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बैंकिंग कारोबार बिहान ९:३० बजेदेखि अपरान्ह ३:३० बजेसम्म कायम रहने छ ।