काठमाडौं : स्थानीय तह निर्वाचनको मौन अवधिमा लमजुङमा एमाले उम्मेदवारले मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लागेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका छन् ।
बेसीशहर नगरपालिका वडानम्बर ११ बाट एमालेका वडाध्यक्ष उम्मेदवार बनेका शिवप्रसाद जोशीलाई बुधबार राती स्थानीयले नियन्त्रणमा लिएर प्रशासनलाई बुझाएका हुन् ।
जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, माछा पुच्छरे बैंकको चेक र पैसा बाँड्न तयार नामलिस्ट र झोलासहित कागजात भेटिएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
तपाइँको प्रतिक्रीया