२०८२ जेठ ३२ शनिवार

राशिफल

सुनसरीमा पूर्ण निषेधाज्ञाको आदेश जारी

काठमाडौं : जिल्ला प्रशासन कार्यलय सुनसरीले ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ ।

जिल्लाका सीमावर्ती क्षेत्रमा पर्ने पालिकाको सुरक्षालाई ध्यान दिएर निषेधाज्ञाको आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

भारतीय सीमा जोडीएका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगंजलाई विहिबार राती ८ बजेदेखी मतदानको दिन विहान ५ बजेसम्मको लागि पुर्ण निषेध घोषणा गरिएको छ ।

त्यस्तै इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३, दुहबी नगरपालिकाको १, ८ र ९ नम्बर र इनरुवा नगरपालिकाको ३, ९ र १० नम्बर वडामा निषेधाज्ञा जारि गरिएको हो ।

निषेधाज्ञाको समयमा सुरक्षा निकायसंगको समन्वयमा मात्र घर बाहिर निस्किन पाइने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।