२०८२ जेठ ३२ शनिवार

राशिफल

औरहीमा दुई पक्षबीच झडप हुँदा पाँचजना घाइते

काठमाडौंं : महोत्तरीको औरहीमा बिहीबार बिहान दुई पक्षबीच झडप हुँदा पाँचजना घाइते भएका छन्।

औहरी नगरपालिका २ बस्ने चन्देश्वर साह र रामजीवन यादव पक्षबीच जग्गा मिचेको विषयमा झडप हुँदा पाँचजना घाइते भएका हुन्।

झडपमा ५५ वर्षीय राम जीवन यादव, ५० वर्षीय रामचन्द्र यादव र २१ वर्षीय विजयकुमार यादव सामान्य घाइते भएका छन् भने चन्देश्वर साहकी पत्नी ६५ वर्षीया राजकुमारी देवी साह र ३५ वर्षीय रामसिकिल साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये राजकुमारी र रामसिकिललाई प्राथमिक उपचारपछि थप उपचारको लागि धरान रेफर गरिएको छ। अन्यको औरही नगरपालिका–१ स्थित राधा कृष्ण क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

साह र यादवको जग्गा एकै ठाउँमा छ। उक्त जग्गामा पर्खाल लगाउँदा जग्गा मिचिएको विषयमा दुवै पक्षबीच दुई दिनदेखि झगडा हुँदै आएको थियो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।