२०८२ असार १ आइतबार

राशिफल

पूर्व प्रशासनमन्त्री टेकबहादुर बस्नेत , गाडी दुर्घटनामा

काठमाडौं : पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ ।

सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए ।

उनका अनुसार तुलसीपुर उपमहानगर(३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी पूर्वमन्त्री बस्नेतको टाउकोमा चोट लागेको छ ।

माओवादीका नेता एवं पुर्वमन्त्री बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग ठोक्किदा दुर्घटना भएको थियो ।

घाइते बस्नेतसहित १० जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।