काठमाडौं : फुटबल स्टार लियोनल मेसी पुनएकपटक सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन्। फोर्ब्सका अनुसार मेसीले पछिल्लो १२ महिनामा कुल १३ करोड डलर कमाएका छन्।
मेसीको कमाइ गत वर्ष पनि उस्तै थियो। तर, उनी सर्वाधिक कमाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा थिए। मिक्स्ड मार्शल आर्ट रेस्लर कोनोर म्याकग्रेगर २०२१ मा सबैभन्दा धेरै कमाउने खेलाडी थिए।
उनले गत वर्ष १८ करोड डलर कमाएका थिए। बास्केटबल खेलाडी लेब्रोन जेम्स यो वर्ष कमाइको हिसाबले दोस्रो स्थानमा छन् । उनले १२१।२ मिलियन डलर कमाएका छन्।
मेसी पछिल्लो १२ महिनामा सबैभन्दा धेरै पारिश्रमिक लिने खेलाडी हुन्। उनले कुल १३ करोड डलर कमाएका छन्। जसमध्ये ७५ मिलियन डलर खेलकुदबाट र ५५ मिलियन डलर बाहिरबाट कमाएका हुन्।
पेरिस सेन्ट जर्मेन पीएसजीमा उनको तलब बार्सिलोनाबाट प्राप्त हुने भन्दा २२ मिलियन डलर कम छ। तर, विज्ञापन र अन्य च्यानलबाट हुने आम्दानी भने बढेको छ। जसका कारण उनको आम्दानीमा कुनै कमी आएको छैन र अहिले पनि पहिलेको जस्तै कमाइ भइरहेको छ।
तपाइँको प्रतिक्रीया